• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

सुदूरपश्चिमका एक सय २५ एम्बुलेन्समा जिपिएस जडान

  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित

टीकापुर- सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीयस्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिएको छ । सुदूरपश्चिममा एक सय ७६ एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये एक सय २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ ।

एम्बुलेन्सलाई व्यवस्थित गर्न एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ सञ्चालनमा ल्याएपछि देशैभरिका एम्बलेन्सलाई एउटै नेटवर्कमा समेट्न खोजिएको छ । एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस प्रणाली जडान गरिने व्यवस्थाअनुसार दर्ता भइरहेका छन् ।

प्रादेशिक एम्बुलेन्स केन्द्रका स्रोतव्यक्ति उत्तम उपाध्याय आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको दायित्व पूरा गर्न देशभरका एम्बुलेन्सलाई एउटै ट्र्याकबाट सञ्चालन गर्न जिपिएस प्रणालीमा ल्याउने प्रक्रिया अगाडि बढाइएको बताए ।

“प्रणालीमा जोडिएका एम्बुलेन्स कुन अवस्थामा र कहाँ छन् भन्ने जानकारी सहजै प्राप्त हुनेछ”, उपाध्यायले भने, “कुनै बिरामीलाई एम्बुलेन्स चाहिए १०२ मा फोन गरेपछि नजिकै रहेको एम्बुलेन्स सो बिरामीलाई लिन जान्छ, जिपिएसमा जडान भएपछि कुनै पनि एम्बुलेन्सले खाली छैनौँ, टाढा छौँ भनेर बिरामीलाई झुक्याउन सक्दैनन् ।”

एम्बुलेन्समा जिपिएस प्रविधि जोडिएपछि सेवाग्राहीले कन्ट्रोल रुममा फोन गरेर आफ्नो नजिकमा रहेका एम्बुलेन्सबाट तत्काल सेवा पाउन सक्नेछन् । जिपिएस नेटवर्किङमा आएपछि सेवाग्राहीले १०२ नम्बरमा फोन गरे नजिकमा रहेको एम्बुलेन्सबारे जानकारी प्राप्त गर्ने छन् । सुदूरपश्चिममा १०२ मा फोन उठ्न सुरु भइसकेकाले अबका केही दिनमा यो प्रणाली सुरु हुने उपाध्यायले बताए ।

“बाँकी रहेका एम्बुलेन्सलाई पनि यही महिनाभित्र प्रणालीमा दर्ता गर्ने गरी काम भइरहेको छ, पहिले तोकेको समयमा नआएकाहरु छुटेका हुन्, फेरि पाँच दिनको समय दिँदैछौ”, उनले भने, “यसबाट बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन छिटोछरितो एम्बुलेन्स सेवा प्राप्त हुनेछ, साथै बिरामीले सहज उपचार सेवा पाउनसमेत सहयोग पुग्नेछ ।”

एम्बुलेन्सलाई सुविधाका आधारमा ‘क’, ‘ख’ र ‘ग’ गरेर तीन समूहमा वर्गीकरण गरिएको छ । कैलालीको टीकापुर क्षेत्रमा मात्रै ख र ग वर्गमा ११ एम्बुलेन्स सञ्चालनमा छन् । टीकापुर अस्पतालका एम्बुलेन्स चालक कृष्णबहादुर शाही लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत छन् । विगतमा आफू चालक हुँदा एक्लैले धेरै टाढासम्मका बिरामी बोक्नुपरेको अनुभव रहेका कृष्णले आजभोलि धेरै सहज भएको बताए ।

“मैले चालकको काम गर्न थालेको दशक बढी भयो, विगतमा म एक्लैले बर्दिया जिल्ला, सुदूरपश्चिमका धेरै जिल्लाका बिरामी बोक्नुपर्यो”, शाहले भने, “आजभोलि एम्बुलेन्स धेरै भएपछि सहज भएको छ, धेरै टाढाका बिरामी बोक्नुपर्दैन ।”

नेपाल रेडक्रस सोसाइटी टीकापुरले सञ्चालन गरिरहेको एम्बुलेन्स आठ महिनाअघि नै जिपिएस प्रणालीमा दर्ता भएको छ । प्रणालीमा दर्ता भए पनि लागू नभएको चालक मुक्तिभट्ट चन्दले बताए । “भनेकै समयमा दर्ता भयौँ, तर प्रणाली सुरु भएको छैन”, उनले भने, “सबैलाई प्रादेशिक एम्बुलेन्स केन्द्रले कन्ट्रोल गर्ने बताइएको छ, नियममा बाधिनु राम्रै हुन्छ ।”

एकता बचत समाज टीकापुरले सञ्चालन गरेको एम्बुलेन्स भने जिपिएस प्रणालीमा अझैँ दर्ता भएको छैन । दुई पटकसम्म दर्ताका लागि धनगढी गए पनि दर्ता हुन नसकेको चालक दीपक बोहराले बताए ।

“दर्ता गर्ने समय घर्किएकाले जडान हुनसकेको छैन”, उनले भने, “अब जडानका लागि खबर गर्छौँ भन्नुभएको छ ।” जिपिएस प्रणालीमा एम्बुलेन्स जडान कार्यले १० वर्ष पूराना एम्बुलेन्स र काजगात बिना चलिरहेका एम्बुलेन्सलाई कडाइ गर्न सहयोग पुग्ने बताइन्छ । रासस

 

  • जिपिएस जडान
आइतबार, जेठ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

समाचार

सबै

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.