धनगढी- कैलालीको धनगढीस्थित चटकपुर जिरो प्वाइन्ट होटेलबाट दुई जना यौनकर्मी सहित होटेल सञ्चालक पक्राउ परेका छन् । शुक्रवार होटेलमा यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीले छापा हानेको थियो ।
छापा हाने क्रममा उनीहरूलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए ।















