• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

  •   आइतबार, भदौ २३, २०८१ मा प्रकाशित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिङ्करसम्म पुग्छ । कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्छ ।

यो सडक निर्माणपछि उक्त क्षेत्रमा बसोबास गर्ने करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । करिडोर निर्माणपछि चीनमा रहेको कैलाश मानसरोवर यात्रा सहज हुने अपेक्षा गरिइएको छ । महकाली करिडोरको ‘जिरो प्वाइन्ट’ मानिएको कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धवैजनाथ हुँदै कैलाश मानसरोवरसम्म पुग्नका लागि यो सबैभन्दा छोटो बाटो हुनेछ ।

धार्मिक दृष्टिकोणले सुदूरपश्चिम देवभूमिका रुपमा परिचित छ । महाकाली करिडोरमा पर्ने कञ्चनपुरको सिद्धवैजनाथधाम, डडेल्धुराको परशुरामधाम, बैतडीको त्रिपुरासुन्दरी र दार्चुलाको मालिकार्जुनधाम हुँदै कैलाश मानसरोवर पुग्न सकिने भएकाले करिडार निर्माणपछि यहाँका धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । चुरे महाभारत पर्वतअन्तर्गत डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुरामधामसम्म भने ट्र्याक खुलिसकेको छ ।

विसं १४७५ मा भारतको झारखण्डबाट विहार, कुमाउ कतुरकोट गरुडगोवती हुँदै सिद्धवैजनाथ बाबा परशुरामधाम आएर बसेको इतिहास छ । परशुरामधाममा रहँदा सिद्धवैजनाथ बाबा र त्यहाँका तत्कालीन राजा नागी मल्लबीच खटपट भएपछि उनी सो ठाउँ छाडेर बुड्डीमलास पीपलकोट ९हालको वेदकोट क्षेत्र०मा आई तपस्या गरेको विश्वास छ ।

करिडोर त्रिपुरासुन्दरीको मन्दिरको फेद हुँदै राष्ट्रको सातौँ धामका रुपमा परिचित मालिकार्जुन हुँदै टिङ्कर पुग्नेछ । महाकाली करिडोर सञ्चालनमा आए व्यापारिक गतिविधिसँगै धार्मिक पर्यटन बढ्ने विश्वास लिइएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लको भनाइ छ ।

“कञ्चनपुर भारतसँग र दार्चुला चीनसँग जोडिएपछि यहाँ धार्मिक पर्यटकको सङ्ख्या अपेक्षा गरिएको छ”, मल्लले भने, “भारतको उत्तराखण्डसँग हाम्रो धार्मिक सम्बन्ध छ त्यसकारण त्यहाँको मानिस नेपाल आउन चाहन्छन् ।” उत्तराखण्डको हरिद्वार, ऋषिकेष र हिमाञ्चलमा आउने तेस्रो मुलुकका पर्यटकका लागि कैलाश मानसरोवरसम्म पुग्न यो सडक प्रयोग गर्न सक्नेछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि दार्चुलाको अपिनाम्पासम्म पुग्न पनि करिडोर निर्माणपछि सहज हुनेछ । मल्लले भने, “करिडोर निर्माणले मात्रै सुदूरपश्चिम प्रदेशको विकास सम्भव छ यसले चीनसँगको व्यापारको ढोका खोल्नेछ ।” उनी सुदूरपश्चिम घुम्न आउने पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको विशाल घाँसेमैदानमा दुर्लभ बाह्रसिङ्गाको झुण्ड अवलोकन गर्दै ब्रह्मदेव हुँदै दार्चुलाको अपिहिमालको फेदसम्म पुग्न सक्छन् ।

त्यसैगरी एशियाकै लामो दोधारा चाँदनी झोलुङ्गे पुल पर्यटकको अर्को आकर्षणको गन्तव्य हो । महाकाली करिडोर निर्माणपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको विश्वास छ । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर तथा देवदातलगायत धार्मिकस्थल पनि करिडोर नजिकै छन् ।

उनले भने, “करिडोरको निर्माण सम्पन्न भए यहाँ धार्मिक पर्यटक त बढ्छन् नै यहाँको आर्थिक गतिविधि पनि बढ्नेछ । त्यसैले जतिसक्दो करिडोर सम्पन्न गर्नेमा जोड दिनुपर्छ ।” निर्माण सुरु भएको डेढ दशक भइसक्दा पनि करिडोर निर्माण सम्पन्न नहुँदा प्रदेश विकासमा पछि परेको उनको भनाइ छ ।

बैतडीकै दशरथचन्द नगरपालिकामा ईश्वरी गङ्गाधाम, निङ्गलाशैनी मन्दिरलगायतका पर्यटकीयस्थल छन् । महाकाली करिडोरले बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिका गरी चार स्थानीय तहमा सुविधा पु¥याउनेछ ।

बैतडीको दोगडाकेदार गाउँपालिकाका गणेश भट्टले भने, “बैतडीका धार्मिकस्थलमा त भारतबाट अहिले पनि पर्यटक आइराखेका छन् तर सडक सञ्जालको सहज सुविधा भए पर्यटक बढ्ने थिए ।” उनले सुदूरपश्चिमको आर्थिक समृद्धिका रुपमा आफूहरुले महाकाली करिडोरलाई लिइएको बताए । नेपालकै गहिरो पतालभुवनेश्वर गुफा, मेलौली भगवती मन्दिर, रौलाकेदार, भिटाकेदार, उदयदेव मन्दिर, सिँगास, त्रिवेणीधाम, डिलाशैनी मन्दिरलगायतको विकासमा पनि करिडोर सहयोगी हुने उनले उल्लेख गरे ।

करिडोर निर्माण जति सक्दो चाँडो भयो त्यति नै चाँडो दार्चुलाको विकास हुने व्यास गाउँपालिका–१ तिङ्करका विनोद बुढाथोकीले बताए । उनका अनुसार नेपाल र चीनको सीमाना ताक्लाकोटमा रहेको पिल्लर नं १ देखि कैलाश मानसरोवर पुग्न आधा दिन मात्रै लाग्छ । “यो नाकाबाट एक दिनमै कैलाश मानसरोवर दर्शन गरेर फर्किन सकिन्छ, यसले धार्मिक पर्यटक बढाउने छ, त्यसका लागि यहाँसम्म पुग्नका लागि पहिलो करिडोर निर्माण हुन जरुरी छ”, उनले भने ।

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सरकारले दार्चुलाको टिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बताएको छ । उनले त्रिदेशीय नाकाका रुपमा यसलाई विकास गर्न सके व्यापारिक, धार्मिक लाभ हुने विचार व्यक्त गरे । “त्रिदेशीय नाकाका रुपमा विस्तार गर्ने विषयमा छलफल अघि बढिसकेको छ, निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना हुन्छ”, गृहमन्त्री लेखकले भने, “त्रिदेशीय नाका अन्तरआबद्धताका लागि मात्रै नभइ व्यापारिक, औद्योगिक र पर्यटकीय प्रयोजनका लागि महत्वपूर्ण मानिएको छ ।”

करिडोरको निर्माण विसं २०६६ देखि सुरु भएको हो । कुल ४२५ किलोमिटरमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुरामसम्मको ११ किमी सडकको ट्र्याक खुलेर सञ्चालनमा आइसकेको छ ।

ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किमी करिडोर सडकको ट्र्याक खोल्ने काम महाकाली करिडोर सडक योजनाले गरिरहेको छ । जसमध्ये हालसम्म दुई सय ४२ किमी ट्र्याक खुलिसकेको छ । रासस

  • कैलाश मानसरोवर
आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.