धनगढी । डोटीमा एक घरमा आगलागी भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका–२ पातलपुरानकी सरीता घर्ती मगरको घरमा आगलागी भएको हो ।
मंगलबार साँझ बच्चाले आगो ताप्ने क्रममा उनको ढुङ्गा, माटो र काठले बनेको जस्तापाताले छाएको एक तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, फर्निचर लगायतका सामान गरी २ लाखको क्षति भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













