बझाङ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुर्ब्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।
आज जिल्ला प्रहरी कार्यालय बझाङले जयपृथ्वी नगरपालिका ९ देवल स्थित श्री जालपा माद्यमिक विद्यालय देवल बझाङमा सो कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयका शिक्षक शिक्षिका बिद्यार्थीहरु सहित ९५ जनाको सहभागीतामा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले लागु औषध परिचय प्रकार यसको असर कानूनी व्यवस्था लगायतका बिषयमा छलफल तथा जनचेतनाका कार्यक्रम गरि सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।














