धनगढी । कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–३ पुरानो मालाखेती बजारबाट सोही ठाउँ बस्ने २५ वर्षीय जयराज भट्टराई पुरोक्सीन स्पास नामक ११ थान क्याप्सुलसहित बिहीवार पक्राउ परेको प्रहरीले जनाएको छ ।
भट्टराईलाई अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।














