काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी कायम भएको छ । अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएकोमा विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन समितिले शुक्रवार प्रकाशित गरेको अन्तिम नामावलीमा अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवको उम्मेदवारी कायमै छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्यसहित २४३ जनाको शनिवार निर्वाचन हुँदैछ ।रातोपाटीबाट













