काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सातै प्रदेशमा निर्वाचन हुनेछ ।
मनोनयन अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् ।
९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि ८ जनाले उम्मेदवारी परेको छ ।
९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीको ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य पदका लागि दिएका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको छ ।
अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादव मैदानमा छन् ।














