धनगढी । प्रेस चौतारी नेपाल कैलालीको अध्यक्षमा जनकसिंह बिष्ट चयन भएका छन् ।
शुक्ररबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले बिष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
उपाध्यक्षमा लोकुसिंह ठकुरी र महिला उपाध्यक्षमा निर्मलाकुमारी शाही सर्वसम्मत चयन भएका छ्न । यस्तै, सचिवमा दिनेश बिष्ट सर्वसम्मत चयन भए ।
सहसचिवमा ध्रुव ओझा,समावेशी सहसचिवमा भूपेन्द्र बिक र कोषाध्यक्षमा जीवन बिष्ट चयन भएका छन् ।
अधिवेशनबाट सदस्यहरूमा टेकसिंह धामी, पूर्णबहादुर साउद, दिनेश राना, भरत रिमाल, मनीषा भुल, सिद्धराज अधिकारी, नरेशनाथ योगी, भावना भण्डारी र कमल साउद चयन भएका छ्न ।
केन्द्रीय प्रतिनिधिमा एकेन्द्र तिमल्सिना, इन्द्रकुमारी केसी, भोजराज जोशी र हेमन्त पौडेल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा गीता चौधरी, भानुभक्त आचार्य, कृष्णप्रसाद ओझा र सुशील ढुङ्गाना चयन भए ।














