काभ्रे । धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङ बस्ने ५२ वर्षीय श्याम प्रसाद दाहालको दाहाल फर्निचर उद्योगमा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा उक्त आगलागीमा जलेर फर्निचरका कामदार काठमाडौं शंखरापुर नगरपालिका घर भएकी ७० वर्षीया टीका
देवी दङ्गालको मृत्यु भएको छ ।
साथै आगलागीमा परी बेहोस भएका १ जनालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ । आगलागीबाट फर्निचर उद्योगमा रहेका विभिन्न सरसामान जलेर करिब ८० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने कृष्ण बिकको कच्ची घर जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने सोही ठाउँ बस्ने ४२ को धुर्व बहादुर बिकको टहरो क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।














