• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सरस्वती माविको नेतृत्व साउँदले गरेपछि लयमा विद्यालय

  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय वाणीको शैक्षिक तथा भौतिक स्तरमा सुधार हुँदै आएको छ । अस्तव्यस्त अवस्थामा रहेको सरस्वती माविको नेतृत्व वडाध्यक्ष अर्जुनबहादुर साउँदले गरेपछि लयमा आएको हो ।

२०७६ सालदेखि लेखा परीक्षण प्रतिवेदन समेत पास हुन नसकेको विद्यालयमा जेठ महिनादेखि अध्यक्ष साउँदले नेतृत्व गरेपछि विद्यालयको भौतिक तथा शैक्षिक स्तरमा सुधार हुँदै आएको छ । सरस्वती माविमै कृष्णपुर नगरपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत सफलतापूर्वक सम्पन्न गरेको छ । पटक–पटक बसेको अभिभावकहरूको भेलाबाट विभिन्न कारणहरूले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकेपछि २०८१ साल जेठबाट कृष्णपुर नगरपालिकाको शिक्षा समितिले वडा अध्यक्ष साउँदको  नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गरेको थियो।

‘मैले नेतृत्व गर्नुपूर्व सरस्वती माध्यमिक विद्यालय अस्तव्यस्त अवस्थामा सञ्चालन भइरहेको थियो, वर्षौदेखि सामाजिक तथा लेखा परीक्षण गरिएको थिएन्, विद्यालय व्यवस्थापन समिति गठनमै विवाद थियो,’ अध्यक्ष साउँदले भने, ‘नगरपालिकाको शिक्षा समितिले मलाई यहाँको जिम्मेवारी दिएपछि यस विद्यालयलाई नगरकै अग्रणी शैक्षिक संस्थाका रूपमा उभ्याउनुपर्ने जिम्मेवारी आएको हो।’ आफूले नेतृत्व गरेको आठ महिनाको अवधिमा १२ पटक बैठक बसी विद्यालय सुधार तथा अतिरिक्त क्रियाकलापहरूमा जोड दिएको अध्यक्ष साउँदले बताए ।

विद्यालयमा तहगत प्रधानाध्यापकको व्यवस्थापन गरि लेखा परीक्षण तथा नियमित प्रशासनिक कामहरूलाई व्यवस्थित पार्दै लगिएको उनले बताए । अहिले २०८० असारसम्मको लेखा परीक्षण भइरहेको र लेखा परीक्षण पारदर्शी र निष्पक्ष रूपमा गरिने र कुनै पनि गडबडी भेटिए कानूनअनुसार अगाडि बढ्ने उनको भनाई छ । अतिरिक्त भत्ता तथा सेवा सुविधाहरुलाई कटौती र अनावश्यक क्षेत्रमा गरिने खर्चहरुलाई कटौती गरिएपछि छोटो समयमा विद्यालयको झन्डै ७ लाख बराबरको ऋण तिरेको उनले बताए । सरस्वती माविमा सिटीइभिटीका कक्षाहरू समेत सञ्चालन छन् । प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस क्षेत्रमा सिटीइभिटीका विभिन्न विषयहरु अध्यापन गराउँदै आएको छ।

हालै विद्यालयमा छात्रबृति वितरण र औषधि खरिदका विषयमा विवाद उठेपछि अध्यक्ष साउँदले गलत भएको भए छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए। ‘पछिल्लो समय भौतिक र शैक्षिक रुपमा विद्यालयमा प्रगति भइरहेको छ,’ उनले भने, ‘विद्यालयलाई धरासायी बनाउन केही व्याक्तिहरु अनावश्यक बदनाम गरिरहेका छन्।’ केही समयअघि विद्यालयमा छात्रवृत्तिका विषयमा भएको अनियमितताका विषयमा पनि नगरपालिकालाई आवश्यक कारबाहीका लागि लेखी पठाइएको र दोषी ठहर भए आवश्यक कारबाही गरिने अध्यक्ष साउँदले बताए ।

शैक्षिक सुधारसँगै विद्यालयमा भौतिक संरचनाहरूमा पनि काम भएका छन् । विद्यालयमा पछिल्लो समयमा क्यान्टिन, कक्षा कोठा, खानेपानी, ई–हाजिरी, दिवा खाजा लगायतका  क्षेत्रहरूमा सुधार गरिएको छ । तत्कालीन समयमा शुक्लाफाँटा आरक्षबाट विस्थापित समुदायहरूले स्थापना गरेको विद्यालयमा विपन्न समुदायका विद्यार्थीहरू अध्ययन गर्दै आएकाले विद्यालयलाई थप भौतिक र शैक्षिक रुपमा सुधार गरिने अध्यक्ष साउँदको भनाई छ । विद्यालयका प्रधानाध्यापक अम्बादत्त बडुले पनि विद्यालयको प्रशासनिक, भौतिक सुधारसँगै शैक्षिक सुधार भइरहेको बताए । उनले पछिल्लो शैक्षिक सत्रभन्दा यस शैक्षिक सत्रमा विद्यार्थीहरूको संख्या बढेको र हाल विद्यालयमा ५ सय ३५ भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताए ।

विद्यालयलाई आवश्यक शौचालय सहितको चारकोठे पक्की भवन बन्ने तयारीमा छ । यसै शैक्षिक सत्रमा दुई जना प्राथमिक तह, एक जना माध्यमिक तह र एक जना निम्न माध्यमिक तहमा दरबन्दी थप गरी पठनपाठनमा सुधार गरिँदै लगिएको उनको भनाइ छ । विद्यालयले शिक्षक तथा कर्मचारीहरूलाई समयको पालना गराउन ई–हाजिरीको समेत व्यवस्था गरेको छ । नगरपालिकाले गरेको पत्राचारपछि विद्यालय व्यवस्थापन समिति र विद्यालयले आवश्यक कानूनी प्रक्रिया अनुसार औषधी खरिद प्रक्रिया अघि बढाएको प्रधानाध्यापक बडुले बतााए । विद्यालयमा सिटीइभिटी अन्तर्गत कृषि तथा भेटेरिनरी विकास सेवाहरू सञ्चालनमा छन् ।

आइतबार, माघ १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.