धनगढी । बाघले आर्कमण गर्दा एक महिला घाईते भएकी छन् । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी ४० बर्षिया सरस्वती विकलाई आईतबार राती बाघले आर्कमण गरेको थियो ।
मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ ।
छाउगोठमा सुतिरहेको अवस्थामा उनलाई बाघले आर्कमण गरेको स्थानियले जानकारी दिएका छन ।
बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको छ ।













