धनगढी । कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बस्ने २६ वर्षीय सुरेन्द्र कटुवाल, १९ वर्षीय पुरन विक र २२ वर्षीय करन गुरुङ लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार निज तीनै जनालाई नौ सय मिलिग्राम खैरो हिरोईनसहित फेला पारी जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले सोमबार नियन्त्रणमा लिएको हो।













