धनगढी । कैलालीबाट लागूऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला सडक खण्डमा जानकी गाउँपालिका–२ बस्ने २३ वर्षीय सिदार्थ भनिने गगन चन्द र दैलेखको आठबिस नगरपालिका–४ मेल्तडि बस्ने २३ वर्षीय दिपेन्द्र माझी खैरो हेरोईनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
निज दुबै जनालाई ७३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।














