धनगढी । कैलालीबाट भन्सार छलीका माछासहित सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१२ मनेहरा शिविर नजिक र टीकापुर नगरपालिका–९ बालुवाटारबाट भन्सार छली गरी ल्याएका रु ४१ हजार ५ सय बराबरको लेडिज सुट, भुरा माछा, ठूलो माछा लगायतका सामान बरामद गरिएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपीश्चम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













