धनगढी । कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । बुधबार साँझ गौरीगंगा नगरपालिका–२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फूलराम चौधरी लडेको अवस्थामा भेटिएका थिए ।
उपचारका लागि निसर्ग अस्पताल धनगढी ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार मृतक चौधरी मादक पदार्थ सेवन गरेको अवस्थामा लडेको भेटिएका थिए । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।













