धनुषा । मिथिला नगरपालिका-८ बडहरी पुलबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले बागमती प्र.०२-०२९ प ३७३६ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल र ब्याग छोडी मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू फरार भए पश्चात् ब्याग तलासी
गर्दा प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
२५ किलो गाँजा बरामद
२५ किलो गाँजा बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














