धनगढी । कैलालीबाट चरेशसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धनगढी उपमहानगरपालिका-४ बोराडाँडी बस्ने ५० वर्षीय हरिसिंह ठगुन्ना रहेका छ्न ।
ठगुन्नाले संचालन गरेको चिया नास्ता पसलमा खानतलासी गर्दा उक्त पसलबाट ३०२ ग्राम लागूऔषध (चरेश) फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार ठगुन्नालाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।













