धनगढी । कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–२ सम्झना चोकको पूर्व पश्चिम राजमार्गमा गएराति पश्चिमबाट पूर्वतर्फ गईरहेको चालक भजनी नगरपालिका–९ बस्ने ३५ वर्षीय नबिन चौधरीले चलाएको सुपप्र ०१–००९ प ९०७६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गईरहेको साइकलयात्री लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने १५ वर्षीय लोकेश भण्डारीलाई पछाडिबाट ठक्कर दिँदा साइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने १६ वर्षीय दिनेश तिमिल्सेनाको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएका तिमिल्सेनालाई उपचारको लागि नर्सिङहोम नेपालगञ्ज लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा गएराति नै मृत घोषणा गरेको हो। मोटरसाइकल चालक नबिनको नर्षिङ होम नेपालगञ्जमा उपचार भइरहेको जनाइएको छ । मोटरसाइकल पछाडि सवार बर्दियाको आसापुर नगरपालिका–८ बस्ने २२ वर्षीय मंगल राजपुत र साईकल चालक लोकेश भण्डारी घाइते भइ दुबै जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














