धनगढी । कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा २ महिना १८ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–१३ बस्ने ४० वर्षीय जियालाल राना, चोरी मुद्दामा १ महिना कैद सजाय र एक लाख जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २८ वर्षीय खेमराज ओझा र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका–५ बस्ने ३७ वर्षीया संयुक्ता शाह रहेकी छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि फरार रहेका तीनै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।













