धनगढी । कैलालीबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । लागूऔषध र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार लागूऔषध मुद्दामा २ महिना २७ दिन कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका-२ बस्ने २७ वर्षीय दिलिप ढकाल र चोरी मुद्दामा २ महिना ७ दिन कैद सजाय र दश हजार जरिवाना तोकिएका जानकी गाउँपालिका-९ बस्ने २१ वर्षीय जीवन चौधरी पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भइ फरार रहेका दुबै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।














