धनगढी । मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयाेजना गरेकाे महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरकाे दान संकलन भएकाे छ ।
मानवसेवा आश्रमले धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भवन निर्माण गर्ने उद्देश्यले आयाेजना गरेकाे महायज्ञमा मनकारी दाताहरूले दान गर्ने क्रम जारी रहेकाे छ । शुक्रबार महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्ने दाताहरूकाे उल्लेखनीय सहभागिता रहेकाे आयाेजक समितिले जनाएकाे छ ।
कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाले धनगढी शाखाकाे एक काेठा निर्माणका लागि रु ६ लाख ५१ हजार १ सय १५ प्रदान गर्ने भएकाे छ । त्यस्तै नगरपालिकाले यसै आर्थिक वर्षभित्र आश्रमकाे सेवा सहजताकाे लागि १ लाख रूपैयाँ दिने घाेषणा गरेकाे छ । नगरपालिकाकाे तर्फबाट नगरप्रमुख रणबहादुर मल्ल र नगर उपप्रमुख कल्पना जाेशी पन्तले रु ७ लाख ५१ हजार १ सय १५ दिने प्रतिवद्धता गरेका हुन ।
धनगढी उपमहानगरपालिका-१ बस्ने समाजसेवी/व्यवसायी तथा महायज्ञ मूल आयाेजक समितिका संयाेजक मदन कुँवरका विदेशमा बस्ने छाेराछाेरीले स्वर्गीय हजुरबुवाकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि रु ६ लाख ५१ हजार १ सय १५, वडा नं -३ बस्ने कल्पना थापाले स्वर्गीय आमा ज्ञानु अधिकारीकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि रु ६ लाख ५१ हजार १ सय १५,टीकापुर नगरपालिका- ६ बस्ने माेहनबहादुर शाहले आश्रमकाे अक्षयकाेष सहयोगार्थ रु १ लाख २५ हजार र भवन निर्माणका निम्ति रु ११ हजार १ सय ११ र धनगढी उपमहानगरपालिका- १ बस्ने सनराइज बाेर्डिङ स्कूलकाे संरक्षक प्रिजा सापकाेटाले भवन निर्माण सेवाका लागि महायज्ञमा रु १ लाख ११ हजार दान गरेको आयोजकले जनाएको छ ।
त्यस्तै,धनगढीका गजेन्द्रवीर चन्दले रु ५१ हजार, वीरबहादुर जेठाराले रु १० हजार ५ सय ५ , नवजीवन नर्सिङ कलेजले रु ५१ हजार १ सय ११,धनगढी उपमहानगरपालिका-१,स्थित नेपाल टेलिकम दूरसञ्चार कर्मचारी परिवारद्वारा भवन निर्माण सहयोगार्थको सुखबहादुर मल्लसहितकाे टीमले रु १६ हजार १ सय ४० दान गरेका छ्न ।
त्यस्तै महायज्ञमा भवन निर्माण सेवाका लागि धनगढीकी सरस्वती धामी जाेशीले रु ५ हजार १ सय ५, धनगढी उपमहानगरपालिका-३ बस्ने भीमदत्त पनेरूले रु ५ हजार १ सय १५ , धनगढी-५ बस्ने उषा जाेशीले रु ५ हजार १ सय ५, धनगढी-२ बस्ने टेकबहादुर रावतले रु ५ हजार ५, धनगढी-२ बस्ने कुलबहादुर हमालले रु १५ हजार ५ सय ५५, श्यामलाल जाेशीले रु ५ हजार ५ सय ५ , ध्रुवराज जाेशीले रु ५ हजार १ सय, पुनित गुप्ताले रु ५ हजार १ सय १०, अर्जुनप्रसाद भट्टले रु ११ हजार १ र धनगढीस्थित देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ८ हजार रूपैयाँ याेगदान गरेकाे आश्रमले जनाएको छ ।
महायज्ञमा आज वरिष्ठ पत्रकार राजेन्द्र बानियाँकाे समेत प्रस्तुति रहने आश्रमले जनाएकाे छ । माघ २३ गतेदेखि सुरू भएकाे महायज्ञ ३० गतेसम्म सञ्चालन हुनेछ ।













