धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापतिहरूले आइतबार शपथ लिएका छन् । शनिबार निर्विरोध निर्वाचित चार संसदीय समितिका सभापतिहरुले शपथग्रहण गरेका हुन।
सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावल,सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले)का धर्मराज पाठक,अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसका तुल्सी देवकोटा निर्विरोध निर्वाचित भएकी थिइन् ।
गत पुस ११ मा सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसले विशेषाधिकार समिति भाग परेको थियो ।













