धनगढी । प्रदेश निर्वाचन कार्यालय धनगढीले कैलाली बहुमुखी क्याम्पसमा मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
नवौं निर्वाचन दिवस २०८१ पूर्व सन्ध्यामा निर्वाचनमा युवा सहभागिता र भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले सो क्याम्पसमा कानून संकायमा अध्ययनरत झण्डै ४० जना विद्यार्थीलाई प्रस्तुतिकरणसहित सहजिकरण गरेका थिए ।
उनले अन्तरक्रियामा सहभागी विद्यार्थीहरुले निर्वाचनका विषयमा उठाएका जिज्ञासाको समेत सम्बोधन गरेका थिए ।
निर्वाचनको प्रभावकारिता : निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता नारासहित सप्ताहव्यापी रुपमा निर्वाचन दिवस मनाउँदै छ । सो दिवसका अवसरमा प्रदेश निर्वाचन कार्यालयले विभिन्न क्रियाकलाप गरेको जनाइएको छ ।














