काठमाडौं । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-२ रानीपुर बस्ने कलावती धानुकको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रोल्पा, रून्टिगढी गाउँपालिका दाङचोट बस्ने ५५ वर्षीय मेघलाल घर्तीको गोठमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४१ वर्षीय रामचरण रानाको घरमा समेत आगलागी हुँदा दुबै जनाको गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट
भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













