धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रमेशसिंह धामीले देशमा विकास र समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुन आवश्यक भएकाे बताएका छन् ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा बिहीबार सुरुभएको सीप तथा रोजगार मेलाको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘हाम्रो चारै तिर भ्रष्टाचार छ । भ्रष्टाचारलाई प्रसय दिने नेतृत्व प्रणाली छ । त्यस्को सिष्टमको विकास भइरहेको छ । त्यसको अन्त्य गरौँ ।’ उनले भने ‘भ्रष्टाचारको अन्त्य भए मात्रै विकास र समृद्धि हुन्छ । समाजवादको आधार तय हुन्छ ।’
उनले सीप तथा रोजगार मेलालाई मनोरञ्जनका रुपमा नलिएर दक्ष हुने गरि तालिममा सहभागी हुन आवश्यक भएको बताए । उनले तालिममा सहभागी हुनेहरुले आत्मविश्वासका साथ तालिम लिनुका साथै यहाँबाट सिकेको ज्ञान अरुलाई समेत दिन सक्ने गरी तालिम लिन आवश्यक भएको बताए ।
आजबाट सुरुभएको मेला ४० दिनसम्म सञ्चालन हुनेछ ।













