धनगढी । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा नियुक्त भएका छन ।
करिव ३७ वर्ष लामो समयदेखि शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल ओझा बिहीबार चैतन्य पाठशालाको प्राचार्यमा नियुक्त भएका हुन ।
विद्यालयको बिहानी शत्रमा औपचारिक कार्यक्रमको आयोजना गर्दै वैदिक विधि विधानसहित उनलाई प्राचार्यको जिम्मेवारी दिइएको हो । नवनियुक्त प्राचार्य ओझालाई पाठशालाले एक कार्यक्रमका बिच स्वागत गरेको छ ।
नवनियुक्त प्राचार्य ओझाले पाठशालाको प्राचार्यको जिम्मेवारी पाएको खुशी व्यक्त गर्दै अहिले चैतन्य पाठशालाको शिक्षा प्रणाली उत्कुष्ट रहेको र आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउने आफ्नो प्रयास रहने बताए ।
विगत चार दशकदेखि शिक्षण र शैक्षिक संस्थाहरुको नेतृत्व गर्दै आएका अनुकरणीय शैक्षिक व्यक्तित्व ओझाले बिगत लामो समय धनगढीको ऐश्वर्या स्कुलको प्राचार्यको रुपमा रहेका थिए ।
नवनियुक्त प्राचार्य ओझालाई शुभकामना दिँदै पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्य पाठशाला किताबी ज्ञान भन्दा जीवन निर्माणको शिक्षामा जोड दिँदै आएको र चैतन्यले जीवन उपयोगी सीप प्रदान गर्ने समेत बताए ।
उनले चैतन्यको लक्ष्य प्राप्तिमा अबको दिन अझ उत्कृष्ट र सहज हुने आफ्नो आशा रहेको बताए । पाठशाला स्थापनाकालदेखि नै सुदूरपश्चिममै नौलो र छुट्टै पहिचान बनाउन सफल भएको पाठशाला दाबी छ ।














