• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

टीकापुर क्याम्पसका विद्यार्थी धर्नामा

  •   शनिबार, जेठ १३, २०८० मा प्रकाशित

धनगढी- कैलालीको टीकापुर बहुुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पससमेत रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिए पनि कानून विषयकै शिक्षक पदपूर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापकविना अध्ययन गरिरहेको बताउँदै अहिलेसम्म व्यवस्थापन नगरिएका कारण आन्दोलन गर्न बाध्य भएको बताइन् । उनकाअनुसार प्राध्यापकको माग गर्दै पहिलो सेमेष्टर र तेस्रो सेमेष्टरको विद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पस परिसरमै धर्ना दिएका छन् ।

उनीहरुले शुक्रबार राति समेत क्याम्पसमा धर्ना दिएका छन् । चर्को गर्मीबीच दिनभर खुला आकाशमुनी धर्नामा बसेका विद्यार्थीहरुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । स्वास्थ्यमा समस्या देखिएका तीन जनामध्ये तेस्रो संकायमा अध्ययनरत ऋतु देवकोटालाई अस्पताल भर्ना गरिएको विद्यार्थी चन्दले बताइन् । उनी एक्कासी बेहोस भएर ढलेपछि शुक्रबार साँझ अस्पताल भर्ना गरिएको हो ।

क्याम्पसमा कानून विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको प्राध्यापकको व्यवस्था गरेर अध्यापन गराउनुपर्ने, मुटकोटको व्यवस्था गर्नुपर्ने, पाठय्क्रममा उल्लेख भएका किताब पुस्तकालयमा उपलब्ध हुनुपर्ने माग विद्यार्थीहरुको छ ।

कानून विषयको शिक्षक नहुँदा अहिले शिक्षा संकायका प्राध्यापकले अध्यापन गराइरहेका छन् । विद्यार्थीहरुले शिक्षकको व्यवस्थापन गर्न नसकिने अवस्था भए सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस वा कैलाली बहुमुखी क्याम्पसमा स्थानान्तरण गरिदिन पनि माग गरेका छन् । टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले कानून संकायको प्राध्यापक पदपूर्तिका लागि आवेदन माग गरिएकोमा दुई जनाको मात्र दरखास्त परेको बताए ।

दुई मध्ये एक जनाले मात्र छनौट प्रक्रियामा भाग लिएर उत्तीर्ण समेत भइसकेको अवस्थामा ८ जेठमा अध्यापनका लागि आउन नसक्ने जानकारी दिएपछि समस्या भएको कुँवरले बताए । क्याम्पसले छनोट गरिसकेपछि अध्यापनका लागि आउन नसक्ने बताएपछि फेरि पदपूर्ति प्रक्रिया अघि बढाउने वा विद्यार्थीहरुलाई धनगढी र महेन्द्रनगर स्थानान्तरण गर्ने विकल्पका बारेमा विश्वविद्यालयका उपकुलपति र रजिष्टारसँग छलफल भइरहेको बताए ।

 

  • विद्यार्थी धर्नामा
शनिबार, जेठ १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

समाचार

सबै

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.