धनगढी- धनगढी उपमहानगरपालिका–१६ मा रहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गरिएको छ। ‘हाम्रो धनगढी हामी बनाउछौं’ भन्ने मूल नाराका साथ सरसफाइ अभियानमा लागेको धनगढी उपमहानगरपालकाले समितीलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको हो।
यही जेष्ठ १६ गते धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ मा रहेको धार्मिक स्थल बेहडाबाबा मन्दिरमा लाग्ने गंगादशहरा मेलामा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि धनगढी उप–महानगरपालिकाले डस्टबिन हस्तान्तरण गरेको उपमहानगरले जनाएको छ। साथै उपमहानगरले बहेडाबाबा क्षेत्रमा हाइमास्ट लाइटसमेत जडान गरेको छ।













