• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

युवालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउँछौँ : मन्त्री साउद

  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले युवाहरुलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । आइतबार युवालय नामक संस्थाको आयोजनामा धनगढीमा सञ्चालित प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन् ।

‘अहिले प्रदेश सरकार नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा छ, नीति कार्यक्रम यूवालाई पहिलो प्राथमिकतामा राखेर ल्याउने छ,त्यही किसिमले बजेट विनियोजन गरिने छ’, उनले भने ‘किन भने युवाहरुलाई देश निर्माणमा अगाडि बढाउन सकिएन भने देशको विकास हुन सक्दैन भन्नेमा सरकार विश्वस्त छ ।’

मन्त्री साउदले युवाहरुलाई राहदानी नभएर रोजगारी दिनुपर्ने बताए । उनले भने, ‘युवाहरुले रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ, अहिलेको भोली भन्ने कुरा हुँदैन तर यहाँको स्रोत साधनलाई सही ढंगबाट सदुपयोग गर्न सक्यौँ भने रोजगारीको सिर्जना यहीँ गर्न सकिन्छ ।’

‘हामीसँग अथाह पर्यटकीय क्षेत्र छन्,पर्याप्त जडिबुटी छन्’, उनले भने, ‘यसलाई प्रदेश सरकारले सही ढंगबाट सदुपयोग गर्ने हो भने प्रदेश भित्र रोजगारीको व्यवस्था गर्न सकिन्छ,हामी त्यो नीति कार्यक्रम र बजेटको व्यवस्था गर्ने तयारीमा छौँ ।’

तत्कालिन राज्य सत्ताका नीतिका कारण सुदूरपश्चिम प्रदेश पछाडि पारिएको बताउँदै उनले भने, ‘बिगतका राज्यसत्ताले बनाएका ऐन कनून, नियमले पछाडि पारिएको क्षेत्र हो ।’ त्यस्तै कार्यक्रममा बोल्दै युवा प्रतिनिधि निर्मला टेरले युवालाई सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘युवालाई रोजगारी सिर्जना गर्न व्यवहारिक सीपको आवश्यक छ, कृषि क्षेत्रमा लागेका युवालाई तालिमको व्यवस्था गरिनु पर्छ, युवालाई उद्यमी बनाउनु पर्छ ।’ त्यस्तै छुवाछूत, बालबिबाह जस्ता समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिइन् ।

त्यस्तै समाज कल्याण परिषदका कोषाध्यक्ष बिनय लामाले देशको विकास समृद्धिको कुरा गर्दा समाजमा रहेको सामाजिक असमावेशिकरणलाई पनि ध्यान दिनुपर्ने बताए । लामाले युवालाई विदेश पलायनबाट रोक्न सके विकास सम्भव हुने र युवा नीति समय सापेक्ष बनाउनु पर्नेमा जोड दिए ।

युवालय नामक संस्थाका अध्यक्ष सन्तोष महर्जनले युवाहरु जोश मात्र नभई होस भएका युवा भएको बताए । ‘हामी युवाहरुलाई जोश भएका युवा भन्छौँ, हामी जोशसँगै होश भएका युवा हौँ, होश गुमाएका युवा होइनौँ,’ उनले भने । उनले युवाहरुमा जोश र होश दुबै भएकाले युवाहरुले आफ्नो उर्जाको प्रयोग सही ठाउँमा गर्नुपर्ने बताएका छन् ।

उनले अहिले नीति तथा कार्यक्रम बन्ने चरणमा रहेको बताउँदै यो भेला युवाहरुका लागि एक अवसर पनि भएको बताए । महर्जनले आजको छलफललाई उपलब्धीमूलक बनाउनुपर्नेमा पनि जोड दिए । अहिले नीति तथा कार्यक्रममा युवाका कुराहरु समेट्न सके पछि गएर आफूहरुले आफ्ना समस्या राख्न ढोका घच्घच्याउनु नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाबाट युवाहरुको सहभागिता  रहेको छ । सोमबारसम्म सञ्चालन हुने महोत्सवमा युवाका मुद्धा कसरी उजागर गर्ने, युवा विदेशिनु पर्ने समस्या समाधान कसरी गर्नेलगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

  • युवालाई प्राथमिकता
आइतबार, जेठ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.