• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

बझाङका पहिरोग्रस्त क्षेत्रमा व्यापक वन फँडानी

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित

बझाङ- साइपाल गाउँपालिका–२ मा पर्ने काकरकोट क्षेत्र पहिरोग्रस्त छ । यहाँका आठ घरगोठ पहिरोको उच्च जोखिममा छन् । रस्यालेकमा पर्ने पानलोटे जंगलको बीचबाट यसै वर्ष सुरु भएको भीषण पहिरोले काकरकोटसँगै जिमा गाउँका १८ घरलाई पनि जोखिम छ । जंगलको पुछारमा गाउँ छन् । जंगल पहिरोले दर्जनौं ठाउँमा छियाछिया भएको छ ।

आउने वर्षातमा अझ ठूलो पहिरो आउने त्रास स्थानीयवासीमा छ । तर यही जंगलको सिरानमा भने अन्धाधुन्ध तरिकाले रूख कटान भइरहेको छ । समुद्र सतहदेखि २ हजार ९ सय मिटरको उचाइमा रहेको रस्यालेक क्षेत्रमा विद्युतीय आरा प्रयोग गरी सयौंको संख्यामा रूख काटिएका छन् भने जंगल फँडानी निरन्तर भइरहेको स्थानीयले बताएका छन् ।

यो क्षेत्रमा सयौं वर्ष पुराना ठूला रूखहरू धमाधम फँडानी हुन थालेपछि जंगल नै रित्तो हुन थालेको छ । मैनाकाडा सामुदायिक वनको क्षेत्रभित्र फँडानी बढ्दै गए पनि कसैले कसैलाई नटेर्ने सामुदायिक वनका हेरालु भीमलाल बोहराले बताए । ‘रस्याको वनमा दुई वर्ष पहिलासम्म बाघ, भालु लाग्थ्यो । दिउँसै रात परेजस्तो देखिने घना जंगल थियो । अहिले त जंगलै सकिन लागिसक्यो ।

बाघ, भालु त के स्याल पनि लुक्ने ठाउँ बाँकी राखेनन्,’ उनले भने, ‘सामुदायिक वनको पुर्जी काट्ने, वनले टाँचा लगाइदिएको रूख काट्ने सिस्टम छैन । जसलाई जुन मन लाग्यो जति मन लाग्यो काटेका छन् । आरा चलाएका छन् । कसैले कसैलाई टेर्दैनन् ।’ वनका ठूल्ठूला रूख आराले काट्ने र आफूलाई चाहिने काठ मात्रै ल्याउने र बाँकी भाग त्यसै छोड्नेहरू बढेको उनले बताए । ‘दुईरतीन घरलाई पुग्ने काठ एउटै रूखबाट निकाल्न सकिन्थ्यो तर त्यसो गर्दैनन् । आफूलाई जत्रो चाहिएको हो ल्याउँछन्, बाँकी त्यसै छाड्छन् । अर्को गएर फेरि नयाँ रूख ढाल्छ ।’

पहिरोग्रस्त क्षेत्रमा जथाभावी फँडानी हुँदा गाउँ नै जोखिममा परेको साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी बताउँछन् । ‘उसै पनि गाउँमाथिबाट भयानक पहिरो लागेको छ । झन् त्यसैमा जंगल फाँड्न थालेपछि के हालत होला रु,’ काकरकोटका स्थानीयवासीसमेत रहेका धामीले भने, ‘यस्तै हो भने एकाध वर्षमा हामीले बस्ती नै उठाउनुपर्ने हुन सक्छ ।’

सामुदायिक वनका अध्यक्षसमेत रहेका पूर्ववडाध्यक्ष गोपाल बोहराको मृत्युपछि नयाँ समिति बनेको छैन । ‘हिउँदमा हिउँ पर्दा भेडाबाख्रालाई पात खुवाउन भेडापालकले रूख ढाल्छन् । भेडावालाले रूख काट्न हुने हामीले किन नहुने भनेर अरू पनि जथाभावी काट्न थालेका छन् ।

अध्यक्ष बितेपछि झन् मनपरी भएको छ,’ मैनाकाडा सामुदायिक वनका सचिव रमेश धामीले भने, ‘सबै गाउँले बोलाएर नयाँ समिति बनाउने र जथाभावी रूख काट्नेलाई जरिवाना गर्ने तयारीमा छौं ।’ असारसम्म धेरैजसो उपभोक्ता यार्चा टिप्न लेकतिर जाने भएकाले साउनमा सामुदायिक वनको साधारणसभा बोलाएर यो विषयमा छलफल गरिने उनले बताए ।

पहिरोग्रस्त क्षेत्रमा वन फँडानी तीव्र हुनु चिन्ताको विषय भएको साइपाल गाउँपालिकाका जनप्रतिनिधिहरू बताउँछन् । ‘तल बस्ती पहिरोको जोखिममा छ । माथि जथाभावी फँडानी भइरहेको छ,’ गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले भनिन्, ‘वन फँडानी रोक्ने र त्यसमा संलग्नलाई कारबाही गर्ने विषयमा हामी छलफल गर्दै छौं ।’ यता डिभिजन वन कार्यालय बझाङले भने वन फँडानीबारे जानकारी नभएको जनाएको छ ।

‘साइपाल गाउँपालिका टाढा भएकाले यो विषयमा हामीलाई जानकारी आएको छैन,’ कार्यालय प्रमुख कर्णबहादुर खातीले भने । स्वीकृत कार्ययोजनाविपरीत गतिविधि गर्ने व्यक्ति, सामुदायिक वनका पदाधिकारीलाई कारबाही गर्न सकिने र अवस्था नियन्त्रण बाहिर गएको छ भने सामुदायिक वनको इजाजत नै रद्द गर्न सकिने उनले बताए । कातिन्पुरबाट

 

  • वन फँडानी
सोमबार, जेठ १५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

समाचार

सबै

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.