दार्चुला- दार्चुलामा सर्पको डसाइबाट किशोरीको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–३ मकन्नामा सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको हो।
लेकम–३ मकन्ना जेबलाका प्रेम वल्लव जोशीकी छोरी हेमन्ती जोशीको शुक्रवार सर्पको टोकाई बाट मृत्यु भएको परिवार स्रोतले जनाएको छ। उनलाई बिहान घरमै कोठाभित्र सर्पले टोकेको बताइएको छ। हेमन्ती कृष्ण मावि लालीमा कक्षा १२ मा अध्ययनरत थिइन्।













