धनगढी- कैलालीमा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ। कैलालीको चुरे गाँउपालीका–१ मा बुधवार दिउँसो चट्याङ लागेर १६ वर्षीय रीमा विकको मृत्यु भएको हो।
चट्याङ लाग्दा घाइते भएकी विकको उपचारको क्रममा मृत्यु भएको उनका बुवा डिल विकले बताए । चट्याङ लागेर घाइते भएकी रीमालाई उपचारको लागी सेती प्रादेशिक अस्पतालमा ल्याएको थियो । उनको केही समयमै मृत्यु भएको बताइएको छ।













