धनगढी- नेपाल तरुण दल कैलालीले सेती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । आज (शनिवार) ४१ औँ बिपी जयन्तीको अवसरमा सेती प्रादेशिक अस्पतालमा उपचार गराई रहेका १०० जना बिरामीहरूलाई फलफूल वितरण गरिएको नेपाल तरुण दल कैलाली जिल्लाका अध्यक्ष दीपेन्द्रबहादुर बमले बताए ।
बिपी जयन्तीको अवसरमा केन्द्रीय तालिका अनुसार विभिन्न कार्यक्रम गरिरहेको उनले बताए । विगतका वर्षमा वृक्षारोपण, रक्तदान कार्यक्रम गरेको उनले बताए ।
फलफूल वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लोकबहादुर खडका, अमृत बिसीलगायत तरुण दलका पदाधिकारी, नेपाली काँग्रेसका भातृ सङ्गठनका विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल विद्यार्थी सङ्घलगायतको सहभागिता रहेको थियो ।













