काठमाडौं । प्रहरीले दुई स्थानबाट ६९ किलो ५०० ग्राम चरेश पक्राउ गरेको छ । पर्सा, वीरगंज महानगरपालिका १६ गणेश टोलबाट १९ किलो ५ सय ग्राम र उदयपुर, बेलका नगरपालिका ७ मैनामैनीस्थित बिलिम्लाबाट करिब ५० किलोग्राम आईतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीचौकी गणेशटोलबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले १ वटा बोराको पोका सडकमा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको वस्तु फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । त्यस्तै अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













