काठमाडौं । काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दी, बेनी नगरपालिका-४ सिंगास्थित म्याग्दी खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
मोरङ, सुनवर्षी नगरपालिका-४ काशीजान टोलस्थित सडकको नालीमा सोही नगरपालिका-६ खिर्किडागी बस्ने ५० वर्षीय कार्तिक लाल सुतियार बुधबार मृत अवस्थामा फेला परेका छन् ।
ओखलढुंगा, सुनकोशी गाउँपालिका-५ मुलखर्क बस्ने ३२ वर्षीय करण तामाङ सोही गाउँपालिका-५ लप्सीडाँडास्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा एक महिला सहित ३ जना पुरुष फेला
मृत अवस्थामा एक महिला सहित ३ जना पुरुष फेला
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














