बैतडी । आगलागी बाट बैतडीमा ७ लाख २५ हजारको सामान जलेर नष्ट्र भएको छ । बुधबार साँझ बैतडीको , पुर्चौडी ४ भटना बस्ने डम्मर देव भट्टको पत्थरले छाएको २ तले चार कोठे घरमा दियोबाट आगलागी हुँदा सो बराबरको सामान जलेर नष्ट्र भएको हो ।
घरभित्र रहेका नगद, गरगहना, खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन लगायतका सामानहरु जलेर नष्ट भएको, छ भने मानबिय तथा चौपाया क्षती नभएको, प्रहरीले जनाएको छ । आगलागीसम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














