धनगढीः सरस्वती माविमा कार्यरत शिक्षक विनोद कुमार भट्टराइको निधन भएको छ। कैलालीको गोदावरी नगरपालिका–११ मा रहेको
सरस्वती माविमा अध्यापन गराउँदै आएका गोदावरी नगरपालिका–२ का ५८ वर्षीय शिक्षक भट्टराइको बुधवार राती निधन भएको हो।
उनी २०६२ सालदेखि सरस्वती माविमा अध्यापन गराउँदै आएका थिए। लामो समय देखि बिरामी रहेका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको विद्यालयका शिक्षक कृष्ण विकले बताए।
शिक्षक भट्टराइको निधनमा बिहीबार गोदावरीका विद्यालयमा शोक बिदा दिइएको छ।













