धनगढी । कैलालीमा विद्यालयको गेट भत्किदा बालकको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका –९ गदरियास्थित जनता माध्यमिक विद्यालयको गेट भत्किदा सोही ठाउँका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको बिहीबार मृत्यु भएको हो ।
विद्यालयको मैदानमा विद्यार्थीहरु खेल्ने क्रममा गेट भत्किएपछि रानाको टाउकोमा चोट लागेको थियो । घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीले जनाएको छ ।
सोही ठाउँका मुकेश चौधरीका ८ वर्षीय छोरा समीर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।













