धनगढी । कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
जिल्लाको टीकापुर नगरपालिका–७ जटाशंकर घाटबाट टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय किरण तिमिल्सिनासहित ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार तीनै जनालाई ४ ग्राम १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ५४३ पिस स्पास्मो प्रोभोन प्लस क्याप्सुलसहित सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाकुण्डा, कैलालीबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको छ ।
त्यस्तै,धनगढी उपमहानगरपालिका–८ पुरानो वडा कार्यालय नजिकबाट धनगढी उपमहानगरपालिका–६ उत्तरवेहडी बस्ने २१ वर्षीय दिनेश भट्टलाई २३० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।













