धनगढी । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई गएराति पक्राउ गरिएकाे हाे ।
गिरीले ती किशोरीलाई शनिवार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।













