धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट, वडा नं–१० गणपती इटाभट्टा नजिक र वडा नं – ४ बसपार्कबाट भन्सार छली गरी ल्याएका अन्दाजी रु १ लाख ८ हजार ८० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका भन्सार छलीका मोबाईल डिस्प्ले, बिडी, गुट्खा, पान, सोडा, प्लाष्टिक लगायतका किराना सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।














