धनगढी । कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छ्न ।
पक्राउ पर्नेमा जिल्लाको बेदकोट नगरपालिका-१० नयाँगाउ बस्ने ३० वर्षीय बिनोद रावल रहेका छ्न ।
जिल्ला अदालत कञ्चनपुरको मिति २०७३ जेठ ४ गतेको फैसलाले सार्वजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा २ हजार जरिवाना तोकिएका रावललाई प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले सोमबार उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएक छ।














