धनगढी । कैलालीको अत्तरियामा घरको छतबाट खसेर एक जना घाइते भएका छन् ।
अत्तरिया चोकमा रहेको सरोज भट्टको व्यवसायिक घरको छतबाट खसेर डडेल्धुराको अमरगढी नगरपालिका– ६ का बब्लु ताम्राकार घाइते भएका हुन । ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गएराति घरको दोस्रो तलाबाट खसेर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।














