धनगढी। कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही ठाँउ बस्ने २९ वर्षीय सचिन सिंहलाई १७ ट्याब्लेट नाईट्राभेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौला सडक खण्डमा प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–१ बस्ने २१ वर्षीय समिर चौधरी र २१ वर्षकै आकाश तिमिल्सिनालाई बुधबार पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
निज दुबै जनालाई ४४० मिलिग्राम खैरो हिरोईनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













