धनगढी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सुदूरपश्चिमको धार्मिक भ्रमणमा आएका छन ।
पूर्व मन्त्रीसमेत रहेका थापा बुधवार धनगढी आइपुगेका थिए। बिहिवार बिहान उनी पत्नीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका छन् ।
अछामबाट बडीमालिका, खप्तड, रामारोशन लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ। सोही हेलिकोप्टरबाट उनी पनि बडीमालिका जाने भएका हुन । बडीमालिकासँगै, खप्तड, उग्रतारा र त्रिपुरा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको भ्रमणमा थापा बताइएकाे छ ।













