धनगढी । कञ्चनपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको लालझाडी गाउँपालिका–३ बस्ने पुन्ना राना घरमै लुकाएर राखिएको भरुवा बन्दुक सहित बुधबार पक्राउ परेका हुन । उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ।













