• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित

कञ्चनपुर । चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बिच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस ताललाई सुनदेवी भन्ने गरिन्छ ।

शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ । वन क्षेत्रमा चिरबिर गर्ने विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित हुन्छ । हिँड्दै गर्दा नजिकबाट विचरण गर्दै गरेका चित्तल, बँदेल, बाँदर, दुम्सी र वन क्षेत्रमा उड्दै गरेका मयुर, लाटोकोसेरो, धनेसलगायत चरा देखेर प्रफुल्लित नहुने कोही हुँदैनन् । वन क्षेत्रमा फुलेका विभिन्न प्रजातिका फूलको सौन्दर्य पनि हेर्नलायक हुने गरेको छ । प्रचारप्रसार अभावमा यो क्षेत्र ओझेलमा परेको छ ।

यस क्षेत्रसम्म पुग्ने सडक अहिलेसम्म बन्न सकेको छैन । आन्तरिक पर्यटक तथा धार्मिकजनले पैदल नै यस क्षेत्रमा पुग्नुपर्ने बाध्यता छ । पूर्वपश्चिम राजमार्गको वन समितिबाट आठ किलोमिटरको दूरी वातावरण मध्यवर्ती सामुदायिक वनसम्म सवारीसाधनमा जान गर्न सकिने भए पनि त्यसपछिको पाँच किलोमिटर दूरी भने पैदल नै तय गर्नुपर्ने हुन्छ ।

सडक यातायात अभावसँगै प्रचारप्रसारको अभावमा थोरैमात्र आन्तरिक पर्यटक र धार्मिकजन यस क्षेत्रसम्म पुग्दै आएका छन् । चार सय मिटर लम्बाइ र दुई सय मिटर चौडाइ भएको सुनदेवी तालमा रहेको पानी हावाको वहाबसँगै नीलो र पहेँलो रङको देखिने गरेको छ ।

तालको चारैतिर घना वन क्षेत्र भए पनि तालमा भने रूखबाट खसेका पात भने देखिँदैनन् । चारैतिर पहाडले घेरिएको यो ताललाई जतातिरबाट हेरे पनि चौडाइ र लम्बाइ ठम्याउन निकै मुस्किल हुन्छ । चुरे क्षेत्रका अधिकांश तालमा माछा पाइने गरे पनि यो तालमा भने पाइँदैनन् ।

ताल छेउमा स्थानीय बासिन्दाले पूजा गर्दै आएको सुनदेवीको पुरानो खुला आकाशमुनिको भगवतीको थान छ । थानस्थलमा सन् १६७३ का पुराना ठूला घण्टी राखिएकाले यो क्षेत्र प्राचीनकालदेखि नै धार्मिक क्षेत्रका रूपमा रहेको पुष्टि हुन्छ । ताल नजिकै रहेको सुनदेवीको थपनामा भाकल गरे निःसन्तानले सन्तान प्राप्त हुने जनविश्वासका कारण यस क्षेत्रमा नवरात्रका बेला भाकल गर्ने र बर माग्नेको घुइँचो लाग्ने गरेको छ ।

नवरात्र, दसैँ, तिहार, माघेसङ्क्रान्तिमा पूजापाठ र भाकलका लागि यहाँ भक्तजन पुग्ने गरेको स्थानीय समाजसेवी दुर्गादत्त भट्टले बताए । उनका अनुसार विवाह, व्रतबन्ध र ससाना नानीको कपाल मुण्डनका लागि भक्तजन यहाँ पुग्ने गरेका छन् । त्यो सङ्ख्या भने थोरैमात्र रहने गरेका छन् । ओझेलमा रहेको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकिए यस क्षेत्रको विकासमा टेवा पुग्ने उनी बताउछन् । “ताल क्षेत्रसम्म पुग्ने सडक यातायातको व्यवस्था गर्न सकिए स्थानीय युवालाई गाउँमै रोजगारीका अवसर प्रदान गर्न सकिन्छ”, उनले भने, “त्यसका लागि स्थानीय तहले चासो दिनुपर्छ ।”

सुनदेवी तालको सौन्दर्य नियाल्नका लागि पुगेका सुरेश भट्ट यस क्षेत्रको विकासका लागि पहल गरिनुपर्नेमा जोड दिन्छन् । “आँखा अगाडि नै हीरा छ”, उनले भने, “टिप्नका लागि अग्रसर हुने कोही छैन, यस्तो मनोरम क्षेत्र हुँदाहुँदै पनि पूर्वाधार विकासमा चासो नदिइनु विडम्बना नै हो ।”, शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादु ऐर रमणीय यस पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्ने बताउछन् ।

“तालसम्म पुग्ने सडक निर्माण गर्न स्थानीय तहको बजेटले सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारलाई प्रस्ताव गर्छौँ”, उनले भने, “पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि योजनाबद्ध रूपमा अगाडि बढ्छौं ।” तराई क्षेत्रमा सवारीसाधनको प्रयोग गरी पुग्न सकिने सडक र चुरे क्षेत्रमा पदमार्ग निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई पुग्न सकिने गरी कार्य गरिने उनको भनाइ छ ।

तालको दक्षिणतर्फ झण्डै सात किलोमिटर टाढाको स्टेशनपुर क्षेत्र अङ्ग्रेजहरूले काठ ओसार्नका लागि रेल स्टेशनका रूपमा प्रयोग गर्ने गरेकाले त्यो क्षेत्र एतिहासिक स्थानका रूपमा रहेको स्थानीय बासिन्दाको भनाइ छ । रेलको स्टेशन रहेको क्षेत्रलाई हाल स्टेशनपुर र अङ्ग्रेजले झण्डा गाडेको स्थानलाई हाल झण्डाबोझ नामले चिनिने गरेको छ ।

जङ्गबहादुर राणालाई अङ्ग्रेजले नयाँ मुलुक फिर्ता दिएपछि रेलका फलामका डण्डी हटाइएका यहाँका बूढापाका बताउँछन् । अझै पनि जङ्गलका बीचमा रेल कुदाउनका लागि बनाइएको पगडण्डीका बिचमा राखिएका काठ देखिने गर्दछन् । रासस

शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप
गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर
धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.