धनगढी । कैलालीबाट रु. चार लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ , वडा नं.–४ सब्जिमण्डी, बसपार्क, वडा नं.–१८ थापाघाट, भजनी नगरपालिका–७ हिम्मतपुर र गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकबाट भन्सार छली गरी ल्याएका अन्दाजी रु चार लाख २९ हजार ८५० बराबरको सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उक्त मूल्य बराबरको लेडिज सुट, साडी, झोला, ट्रयाक सुट, पि–क्याप, एयर बोर्ट, मोटरसाईकलका विभिन्न पाटपुर्जा, मुगफलि (बदाम), सुर्ती, गुड्खा, बिडी, तम्माखु लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।













