धनगढी । कैलालीबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनरबाट ११० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित एक किशोरलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।













